जापानको समुन्द्री टापुमा चारवटा चिनियाँ पानीजाहज प्रवेश

जापान । आईतवार विहान जापानको सेनकाकु टापुको नजिक चार वटा पेट्रोल पानीजाहज केहि समयको लागि प्रवेश गरेको जापानको समुन्द्री क्षेत्रका अधिकारीहरुले बताएका छन् ।

china-coast-guardअधिकारीहरुले बताए अनुसार चिनियाँ जाहाजहरु जापानको समुन्द्री क्षेत्रको उत्सुरिजिमा टापुमा विहान १०:२० बजे प्रवेश गरेको हो । जापानी अधिकारीहरुले बजाएको सावधान घन्टीलाई ती पानीजाहजहरुले ९० मिनेटसम्म वेवास्ता गरेको जनाईएको छ ।

चीन र ताईवानले दावा गरिरहेको त्यो टापु धेरै वर्ष देखि जापानले आफ्नो अधिनमा रहेको छ । अगष्ट महिनाको २१ तारिखमा पनि त्यो क्षेत्रमा चिनियाँ सरकारको कन्टेनरहरु देखा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?