आबे,ओबामा द्वारा उत्तर कोरिया विरुद्द संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिवन्ध लगाउनुपर्ने धारणा व्यक्त

obamaजापान । उत्तर कोरियाले परमाणु परिक्षण गरेपछि त्यो अन्तराष्ट्रिय सुरक्षा मान्यता विपरित भएको भन्दै जापान, अमेरिका र दक्षिण कोरिया संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा उत्तर कोरियालाई कडा प्रतिवन्ध लगाउनको लागि नयाँ प्रस्ताव पारित गर्ने विषयमा एकमत भएका छन् ।

उत्तर कोरियाले गरेको परमाणु परिक्षणको विषयमा जापानी प्रधानमन्त्री सिन्जु आवे र अमेरिकी राष्ट्रपति बाराक ओवामा विच केहि समय शुक्रवार टेलिफोन वार्ता पनि भएको थियो ।

आबेले उत्तर कोरियाले पहिलेको भन्दा कम समयको अन्तरालमा परमाणु परिक्षण गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले क्षेत्रीय र अन्तराष्ट्रिय शान्ति तथा सुरक्षाको अवमुल्यन गरेको आरोप आवेले लगाएका छन् ।

अन्तराष्ट्रिय समुदायले उत्तर कोरियाको यो कदमलाई निन्दा गर्नुपर्ने र आउँदा दिनहरुमा यस्ता हर्कतहरु नगर्न चेतावनी पनि दिनुपर्ने आवेले बताएका छन्। यो समयमा सुरक्षा परिषदले तुरुन्त आपतकालीन बैठक आह्वान गरेर नयाँ प्रस्ताव पारित गरेर उत्तर कोरिया विरुद्द कडा प्रतिक्रिया दिनुपर्ने धारणा आवेले अघि सारेका छन् ।

अमेरिकी राष्ट्रपति ओबामा आबेको विचारमा सहमत हुँदै परिषद तथा अन्य मन्चहरुमा दक्षिण कोरिया सहित दुवै देशहरु विच यो घटनाको सामना गर्न एकजुट हुन पनि आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?