जापानी विदेश मन्त्रालयद्वारा उत्तर कोरियाको परमाणु परिक्षणको विरोध

japanese-foreign-minister-fumio-kishidaजापान । जापानको विदेश मन्त्रालयले उत्तर कोरिया द्वारा गरिएको परमाणु परिक्षणको निन्दा गरेको छ ।

पेइचिंगमा राजनैतिक माध्यमहरु द्वारा मन्त्रालयले उत्तर कोरिया प्रति आफ्नो कडा विरोध जनाएको हो । विरोधमा भनिएको छ कि उत्तर कोरियाले लगातार आफ्नो शान्ति भड्काउने हर्कतका कारण अन्तरराष्ट्रिय समुदायको लागि खतरा पैदा गरिदिएको छ ।

उत्तर कोरियाको यो हर्कतले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको स्पष्ट उल्लंघन गरेको जनाईएको छ । विरोधमा भनिएको छ कि जापानले यो परिक्षणलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने र त्यसको कडा रुपमा भर्त्सना गर्छ ।

अहिले गरेको परमाणु परिक्षणमा उत्तर कोरिया द्वारा गरिएको यो पाँचौ र शक्तिशाली परमाणु परिक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?