उत्तर कोरिया द्वारा पाँचौ परमाणु परिक्षण, जापान द्वारा कडा विरोध

जापान ।उत्तर कोरियाले पाँचौ पटक परमाणु परिक्षण गरेपछि जापानका प्रधानमन्त्री सिन्जु आवेले उत्तर कोरियाको कदमको निन्दा गरेका छन् ।
shinju-abeआवेले उत्तर कोरियाले यस्तै गरि परमाणु परिक्षण गरिरहन्छ भने चुप लागेर बस्न नसकिने कडा प्रतिक्रिया दिएका छन् । सन् १९४८ मा उत्तर कोरिया गठन भएको सन्दर्भमा कोरियाले परमाणु परिक्षण गरेको हो ।

यस अघि परमाणु परिक्षण गर्दा परिक्षण स्थल नजिक भूकम्पको झट्का गएको महसुस गरिएको थियो । उत्तर कोरियाले गरेको पाँचौ परमाणु परिक्षणलाई दक्षिण कोरियाले अहिले सम्मकै ठुलो परमाणु परिक्षण गरेको बताएको छ । उत्तर कोरियाको यस कदम प्रति दक्षिण कोरियाले चिन्ता व्यक्त गरेको छ ।
दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन-हीले उत्तर कोरियाको कदमलाई ‘आत्म-विनाश’ वाला क़दम को संज्ञा दिएका छन् ।उत्तर कोरियाले परमाणु परिक्षण गरे लगत्तै दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सीको आकस्मिक बैठक समेत बसेको थियो ।

अमेरिकाले पनि उत्तर कोरियाको यस कदमको निन्दा गर्दै यसले गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएको छ ।चीनले पनि यो परिक्षणको विरोध गर्दै भविष्यमा यस्ता परिक्षणहरु नगर्न उत्तर कोरियालाई आग्रह गरेको छ ।चीनले भविष्यमा यस्ता गतिविधिहरु दोहोराए कोरियाले नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?