भ्रामक समाचार प्रति एनआरएन जापानको आपत्ती, कडा कारबाही गर्न माग (विज्ञप्ती सहित)

जापान । एनआरएन जापानले हुँदै नभएको विषयलाई जबरजस्ती उचाल्ने प्रयास गर्दै भ्रामक समाचार प्रकाशीत भएकोमा आपत्ती जनाएको छ । नेपाल ब्रिटेन डट कमले ६ सेप्टेम्बर २०१६ मा भूकम्प पिडितको नाममा ब्रम्हलुट, भूकम्प पीडितको ३ करोड एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा शीर्षकको समाचार प्रति एनआरएन जापानले आपत्ती प्रकट गरेको हो ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाद्वारा जारी प्रेस विज्ञप्तीमा गैर आवासीय नेपाली संघको एक सच्चा अभियन्ता भवन भट्टको नाम जोडेर आएका कुरा प्रति गैरआवासीय नेपाली संघ जापानको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

अध्यक्ष थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ – ‘उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जानकारी गराउँदै उक्त भ्रमपूर्ण समाचारको एनआरएन जापान खण्डन गर्दछ र उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’

विज्ञप्तीमा विभिन्न स्वार्थ बोकेका केही गलत मानिसहरुले एनआरएन अभियानलाई नै बदनाम गराउनेगरि भ्रामक समाचार बाहिर ल्याएको उल्लेख गरिएको छ । विज्ञप्तीमा यस्तो समाचार प्रकाशन गराउनका लागि भ्रामक तथ्यहरु दिएर प्रेरीत गर्ने व्यक्तिलाई कारबाही गर्न पनि माग गरिएको छ ।

विज्ञप्तीमा बदनियतपुर्ण ढंगले समाचार लेख्न उक्साउने जो सुकै भएपनि छानबिन गरेर कडा कारबाही गर्न एनआरएन अन्तर्राष्ट्रिय समितिलाई आग्रह गरिएको छ ।

अध्यक्ष थापाले विज्ञप्तीमा भनिएको छ – ‘गैर आवासीय नेपाली संघको इतिहासमा संस्थाका निमित्त सबैभन्दा बढि योगदान गर्ने तथा सकृय रहने अभियन्ताहरुमा सधैव अग्रपङ्तिमा रहनुभएका आदरणीय गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री भवन भट्टज्युलाई जोडेर रचिएको उक्त मनगडन्ते समाचारमा कुनै सत्यता नरहेको तथा संस्थाको गरिमामा आच पर्‍याउने बदनियत देखिन्छ । संघका अध्यक्ष श्री शेष घलेज्यूको समेत तस्विर राखेर दुराग्रहपूर्ण तरिकाले उक्त सामाचार प्रकासित गर्ने नेपाल बिर्टेन डट कमलाई सचेत गराउँदै समाचार प्रकासित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि कडा कारबाहीका लागि र्वाहीका निमित्त गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद संग जोडदार माग गर्दछौं ।’

विज्ञप्तीमा विभिन्न छ वटा बुँदा राखेर समाचारको तथ्यगत खण्डन गरिएको छ । जुन निम्न अनुसार छ ।

१. संवन्धित व्यक्ति उपस्थित नभएको अवसरपारी बैठकमा कुरा उठाउनु आफैंमा गलत भएको ।

२. उठेको प्रश्नको संस्थाका जिम्मेवार व्यक्तिहरुबाट स्पष्ट जवाफ आइसकेपछि पनि मिडियामा वदनीयतपूर्वक समाचार प्रेशित गरिएको । ३. भूकम्प पीडितका नाममा उठाइएको पैसा व्यक्तिको खातामा नभै भूकम्पपीडित राहत कोषको खातामा रहको ।

४. उठेको रकममध्ये ३ करोड जापानी येन एनआरएनए आइसिसिको खातामा पठाइएको (आकस्मिक उद्धार कोष ) र बाँकी २ करोड ३० लाख १ हजार ७ सय ३ जापानी येन समितिको खातामा रहेको ।

५. यो रकम एनआरएन जापानले मात्रै उठाएको नभै जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समितिले उठाएको हो ।

६. भूकम्पपीडित राहत कोष समितिले छलफल प्रारम्भ गरि भुकम्प ग्रस्त क्षेत्रमा प्लस टु सम्मको विद्यालय, अथवा घर (जापान भिलेज) साथै सामूयिक भवनमध्ये १ उपयुक्त निर्माणको लागि जापानबासी नेपालीहरुको राय सुझाब सल्लाहको निम्ति अपिल गरिसकेको अवस्था छ । साथै पटक पटक मिडियामा संचित रकमबारे समिति तथा गैर आवासीय नेपाली संघ जापानले जानकारी गराउदै आएको छ ।

nrn-japan

nrnnn

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?