आतंकवादी हमलाबाट बच्न जापानमा नयाँ न्युक्लिएर पावर प्लान्ट

जापान । जापानका आणविक हतियार सम्बन्ध अधिकारीहरुले भविष्यमा हुन सक्ने आतंकवादी हमलालाई रोक्न विशेष न्युक्लिएर पावर प्लान्ट खोल्ने जनाएका छन् ।

japan-nuclear-plantअन्तराष्ट्रिय आणविक शक्ति केन्द्रको मान्यताहरु अनुरुप जापानमा नयाँ न्युक्लिएर प्लान्ट सेप्टेम्बर महिनाको अन्त्य तिर सुचारु गरिने जनाईएको छ ।

न्युक्लिएर पावर बारेका नीति नियमहरुलाई केहि संशोधन गर्नुपर्ने भएका कारण नयाँ न्युक्लिएर प्लान्ट अर्को वर्ष देखि सुचारु हुने बताईएको छ ।

नयाँ न्युक्लिएर प्लान्टको निर्माण पछि त्यसले आतंकवादी हमलालाई कसरि रोक्न सक्छ भन्ने बारे भने खुलाईएको छैन ।

प्लान्ट सुचारु भएसंगै त्यहाँ नयाँ कर्मचारी र कामदारहरुलाई भर्ति गरिने पनि जनाईएको छ ।

उनीहरु न्युक्लिएर प्लान्ट राखिएको प्रतिवन्धित क्षेत्र भित्र पनि कामको लागि जान सक्ने र महत्वपूर्ण जानकारीहरु लिन सक्ने जनाईएको छ ।

त्यहाँ प्रवेश गर्ने हरेक कामदार र कर्मचारीहरुको व्यक्तिगत विवरण र आधिकारिक कागजपत्रहरु न्युक्लिएर प्लान्ट निर्माण समितिले राख्ने पनि जनाईएको छ ।

अन्य देशहरुमा जस्तै जापानमा पनि संवेदनशिल स्थानहरुमा काम गर्ने कामदारहरुको सम्पूर्ण विवरणहरु मागिएको हो ।

अमेरिका र युरोपका देशहरुमा व्यक्तिका पछिल्ला गतिविधि र अपराधका रेकर्डहरु हेरेर महत्वपूर्ण कामहरुमा संलग्न गराउने चलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?