जापान । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यहि सेप्टेम्बर १८ तारीक आईतबार नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापानले आयोजना गरेको “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता ” विषयमा सम्वोधन गर्न जापान आउने कार्यक्रम रहेको छ।

१८ तारीकको कार्यक्रम आन्तरिक र खुल्ला गरी दुई चरणमा बिभाजन गरिएको छ। बिहान १० बजे देखी सुरु हुने आन्तरिक कार्यक्रममा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम रहेको र १ बजे बाट हुने खुल्ला कार्यक्रममा “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यक्ता ” बिषयमा छलफल हुने साथै उक्त खुल्ला छलफल कार्यक्रममा अष्ट्रेलिया, कतार लगायत देशहरुबाट नयाँ शक्तिका प्रतिनिधिहरु, नेपाली दुतावासका प्रतिनिधिहरु एन आर एन ए जापानका प्रतिनिधिहरु, अन्य राजनैतिक संघ संगठनका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार लगायत जापान बासी नेपालीहरुको उपस्थिति हुने जनाईएको छ ।