उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्र आसपास ब्लास्टिक मिसाईल परिक्षण गरेपछि

जापान ।जापानी रक्षा मन्त्रीले उत्तर कोरियाले सोमवार जापानको समुन्द्री क्षेत्र तिर तीनवटा ब्लास्टिक मिसाईल परिक्षण गरेको बताएका छन् । जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाले तीनवटा मिसाईल पश्चिम क्षेत्रबाट मध्यान्ह पछिको समयमा प्रक्षेपण गरेको जनाएको छ ।

blastic-missileजापानी प्रधानमन्त्री सिन्जु आवेले मिसाईल परिक्षण बारे सबै जानकारी लिएर जापानी जनताहरुलाई त्यस बारेको सत्य तथ्य पेश गर्न निर्देशन समेत दिईसकेका छन् ।भविष्यमा कुनै पनि बेला आईपर्न सक्ने परिस्थितिको सामना गर्नको लागि तयार रहन आवेले रक्षा मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

उत्तर कोरियाले गरेको मिसाईल परिक्षणले संयुक्त राष्ट्र संघको सुरक्षा नीति विपरित भएको र त्यस क्षेत्रमा रहेका पानी जाहाजहरुको अवस्था असुरक्षित भएको जापान सरकारले जनाएको छ । उत्तर कोरियाको यस कदमको जापान सरकारले डटेर सामना गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?