जी २० सम्मेलनमा भाग लिन जापानी प्रधानमन्त्री आवे चीनमा

जापान । जी २० सम्मेलनमा भाग लिन जापानी प्रधानमन्त्री सिन्जु आवे चीनको शहर हांगजाउ आईपुगेका छन् । २० वटा देशहरुका उच्च नेताहरुको विचमा सम्मेलनमा अन्तराष्ट्रिय अर्थतन्त्रको बारेमा चर्चा हुने जनाईएको छ । 

xiabe साथै आवेले दक्षिणी एशियाको मुलुक लाओसमा आयोजना भएको बैठक सम्पन्न गरेका छन् । सो बैठकमा अन्तराष्ट्रिय अर्थतन्त्र र क्षेत्रीय सुरक्षाका विषयहरुमा बहस भएको जनाईएको छ ।

सम्मेलनमा सहभागी हुन आएका जापानी प्रधानमन्त्री आवे र अमेरिकी राष्ट्रपति बाराक ओवामालाई चिनियाँ राष्ट्रपति सी जिंगपिंगले सम्मेलनमा स्वागत गरेका छन् ।

बढ्दो अर्थतन्त्रको विषयमा बेलायत युरोपियन युनियनबाट बाहिरिएको अवस्थामा विश्व अर्थतन्त्रमा कस्ता अफ्ठ्यारा परिस्थितिहरु आईपर्लान भन्ने बारेमा जी २० सम्मेलनमा छलफल हुने बताईएको छ ।

त्यस्तै सम्मेलनमा आतंकवाद विरुद्द कसरि प्रस्तुत हुने र विकासका लागि २० वटा देशहरु कसरि मिलेर अघि बढ्ने भन्ने बारेमा पनि छलफल हुने बताईएको छ ।

सम्मेलनमा सहभागी भएका नेताहरुले विश्वको अर्थतन्त्रलाई कसरी सुदृढ र बढाउने भन्ने बारेमा चर्चा गर्ने जनाईएको छ । सम्मेलनमा सहभागी नेताहरुलाई विशेष समारोहका विच पश्चिम ताल क्षेत्रमा स्वागत डिनर दिईने जनाईएको छ । जी २० सम्मेलन सोमवार समापन हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?