स्याङ्ग्जा समाज जापानको तीज धमाकाको सम्पूर्ण तयारी पूरा

टोकियो । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज जापानले गर्न लागेको सांगीतिक कार्यक्रम “तीज धमाका २०१६” को सम्पूर्ण तयारी पूरा भएको छ ।

जापानको प्रमुख ३ शहरमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, राधिका हमाल र जमुना राना मगर साथै जापानका ख्याती प्राप्त कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

समाजले “स्वास्थ्य सामाग्री वितरण तथा भैपरी आउने आकस्मिक कोष निर्माणार्थ” फुकोओकामा सेप्टेम्बर ३ तारिख, टोकियोमा ४ तारिख र नागोयामा १० तारिखका लागि कार्यक्रम तय गरिएको समाजका अध्यक्ष जीवन न्यौपानेले बताए ।

परोपकारी कामको लागि सहयोग पनि हुने र नेपालका ख्याती प्राप्त कलाकारका साथमा नाच्ने, गाउने, रमाउँदै तीज पर्व मनाउन आयोजकले जापानवासी महिलाहरुलाई कार्यक्रममा सहभागी भएर मनोरन्जन लिन अनुरोध समेत गरेको छ ।

अघिल्ला वर्षहरुमा जस्तै समाजले यस वर्ष पनि सांस्कृतिक कार्यक्रमहरु गरेर मनोरन्जन प्रदान गर्दै सामाजिक कामहरुमा अग्रसरता देखाउदै आईरहेको छ ।

स्याङ्ग्जा जिल्लाबाट जापान आई विभिन्न पेशा व्यवसायमा आवद्व स्याङ्जालीहरुको साझा संस्था स्याङ्ग्जा समाज जापान सामाजिक क्षेत्रमा सक्रिय संस्था हो ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?