आजकाल जापानका कम्पनीहरु आफ्ना कर्मचारीहरुलाई रुवाउन अनौठो काममा जुटेका छन् र त्यसको लागि एउटा सेवा पनि लिईरहेका छन् । त्यहि सेवा मार्फत पहिले कर्मचारीहरुलाई फिल्म देखाएर रुवाउने गरिन्छ भने फेरी उनीहरुको आँशुलाई रुमालले पुछ्ने गरिन्छ ।
जापानका कम्पनीहरुले यस्तो गर्नाको कारण अरु केहि नभएर रुने मानिसहरु विचमा एउटा प्रगाढ सम्बन्धको निर्माण होस भन्ने हो ।
जस्तो कि टोकियोको एउटा कम्पनीको कन्फरेन्स हलमा एक मानिसले त्यहाँ उपस्थित दश जनालाई फिल्म देखाउने तयारी गरिरहेको थियो ।
केहि समयमा स्क्रिनमा मन रुवाउने खालको भिडियो चल्न थाल्यो । फिल्ममा बाबु र छोरी विचको असिम माया देखाईएको हुन्छ । बाबु बहिरा हुन्छन् । एक दिन छोरी असाध्यै विरामी हुन्छिन् अनि उनको मृत्यु हुन्छ ।
बाबु बहिरा भएका कारण छोरीको स्वास्थ्य अवस्थाको बारेमा बताए पनि सुन्ने अवस्था हुँदैन ।छोरी विरामी भएको बेला बाबुलाई अस्पतालमा छोरीलाई भेट्न पनि दिईएको हुँदैन ।
फिल्मको अन्त्यमा छोरी मर्ने बेलामा एक्लै हुने र बाबुको पनि साहारा छोरीले नपाउने स्थिति सिर्जना हुनेगर्छ ।त्यसपछि हलमा ज्यान जाने गरि विरामी भएको कुकुरको कथामा आधारित दोस्रो फिल्म देखाईयो ।
त्यतिवेला सम्म हलमा अघिल्लो फिल्म हेरेर रुँदै गरेका मानिसहरुको सुक्क सुक्क आवाज आईरहेको सुनिन्थ्यो ।त्यसको १५ मिनेट पछि हलमा उपस्थित धेरै मानिसहरु रुन थाल्छन् । उनीहरुको आँखामा टिलपिल टिलपिल आँशु देखिन्थ्यो ।
त्यतिवेला नै हलमा फिल्म देखाउने एक व्यक्ति उठ्छन् र एउटा ठुलो रुमाल लिएर रुने जति सबैको आँशु पुछ्न थाल्छन् । फिल्म हेर्दा रोईरहेका सबै मानिसहरुको आँशु त्यो व्यक्तिले एक्लै पुछिदिन्छ ।
अरुको आँशु पुछिदिने ती व्यक्तिले आफ्नो कामको बारेमा भनेका छन्, “जब मैले यस्तो कामको सुरुवात गरे तव मलाई अनौठो अनुभव भईरहेको थियो ।मलाई यस्तो कामको अनुभव थिएन ।
त्यसकारण म सजिलै रुन सक्दैनथे ।त्यसको असर यो पनि हुन्थ्यो कि मैले मानिसहरुलाई सजिलै रुवाउन सक्दैनथे ।तर अब ठिक छ अब रुन सक्छु र अरुलाई पनि रुवाउन सक्छु । “
उनलाई त्यस्तो काम गरे वापत “ह्यान्डसम रुने केटा ” भनेर बोलाउने पनि गरिन्छ ।उनले भन्ने गर्थे, “जापानी मानिसहरु सामान्यतया सार्वजनिक रुपमा रुने गर्दैनन् तर यदि तपाई एक पटक अरुको अगाडी रुन थाल्नुहुन्छ तव वरिपरिको माहोलमा फरक पर्न थाल्छ र खासमा व्यापारका क्षेत्रमा फरक पर्न थाल्छ । “
त्यसको पछाडिको कारण भनेको तपाईको कोमल भावाना देखिएर हो । तपाईले त्यस्तो गर्दा अर्को व्यक्तिसंग भावनात्मक रुपमा जोडिनुहुन्छ र त्यस्ता मानिसहरुको टिम तयार भएर कम्पनीको कार्यक्षमतामा राम्रो प्रभाव देखिन थाल्छ ।
यसरी रुने मानिसहरुको आँशु पुछिदिने व्यक्तिले पहिलो प्रोजेक्ट भने सम्बन्ध विच्छेद गरेर बसेका जोडीहरुको लागि बनाएका थिए ।त्यसको लागि विवाहको लागि समारोह राखिए जस्तै सम्बन्ध विच्छेद गरेकाहरुको लागि पनि विशेष समारोह राखिएको थियो ।
उनी भन्छन्, ” त्यो समारोहमा हथौडाले विवाहको औंठीलाई चकनाचुर बनाईएको हुन्छ । “
त्यो भिडियोलाई हेरेर सम्बन्ध विच्छेद गरेका व्यक्तिहरुले भिडियोले रोईरहेको मनलाई राहत दिएको बताएका थिए । हिरोकीले फेरी २०१३ मा रुने त्यो व्यावसाय फेरी सुरु गर्ने फैसला गरेका थिए ।