टोकियोमा अायाेजित तिज मेलामा नेपाली कलाकार

तिज मेलाजापान । गल्कोट समाज जापानद्वारा विहिबार नागायामा आयोजना गर्न लागिएकाे  तिज मेलामा  धम्माक्केदार प्रस्तुतिका लागि नेपालबाट कलाकारहरु जापान आइसकेको आयोजक कमिटीले जानकारी दिएकाे छ ।

गल्कोट समाज जापान द्वारा आमन्त्रित कलाकारहरू पूर्णकला बिसी, लक्ष्मी मल्ल र रिता के सी लाइ  टोकियोको हानेदा एयरपोर्टमा गल्केट समाजका अध्यक्ष नर ब. थापा, उपाध्यक्ष कालिका थापा सदस्यहरु लोकेश खत्री, सबिता श्रेष्ठ ले सयुक्त रुपमा स्वागत गरेका थिए ।

बिगतका बर्षहरुमा जस्तै गल्काेट समाजले यस बर्ष पनि तिज बिशेष कार्यक्रमकाे अयाेजना गरेकाे छ  ।

दूर्इ दिन अयाेजना गरिएकाे यस कार्यक्रम नागोयाको सुराकुएनमा सेप्टेम्बर १ मा  र सेप्टेम्बर २ मा भने टोकियोमा  हुने अयाेजक कमीटीले बताएकाे छ ।

आयोजकका अनुसार तिज मेलाको लागि बिभिन्न संघ सस्थाहरुलाइ निमन्त्रणा गरिएको छ।

यदि कुनै कारण बश निमन्त्रणा प्राप्त हुन नसकेको अबस्थामा यस समाचारलार्इ  आधिकारिक मानि यस कार्यक्रममा पाल्नु हुन् सम्पूर्ण संघ सस्थाका प्रतिनिधिज्यूहरु तथा जापान बासि नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा गल्काेट समाज हार्दिक निमन्त्रणा गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?