नेपालकाे औद्योगिक विकासमा आवश्यक सहयोग गर्न जापान तयार

काठमाडौ। उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भेटगरी नेपाली उद्योगमा लगानी तथा प्रविधि विस्तारका विषयमा छलफल गरेका छन्र ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उनीहरुबीच भएको भेटमा जापानी लगानी, प्रविधि र सीप विकासका सन्र्दभमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री जोशीले घरेलु तथा साना उद्योगको विकासमा जापानले पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताउँदै नेपाल र जापानबीचको सम्बन्ध विशिष्ट र मित्रवत् रहेको बताए ।

उनले उद्योग मन्त्रालयको मुख्य उद्देश्य औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नु रहेको जानकारी दिए  ।

भेटका क्रममा राजदूत ओगावाले भदौ १६ गते नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेका अवसरमा जापानी विदेश राज्यमन्त्रीले गर्नुहुने तीनदिने भ्रमणका बारेमा पनि जानकारी गराएका थिए  ।

राजदूत ओगावाले मन्त्री जोशीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालमा औद्योगिक विकास गर्न आवश्यक सहयोगका लागि जापान सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?