बाबुरामको पार्टीले नाम जुधाएपछि जापानमा आपत्ती (विज्ञप्ती सहित)

jpn

जापान । जापानमा लामो समयदेखि सामाजिक कार्यमा संलग्न रहेको अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनसीजे) ले नयाँ शक्ति नेपालले जापानमा मिल्दो जुल्दो नाममा संगठन संचालन गरेकोमा आपत्ती जनाएको छ ।

संस्थाका अध्यक्ष अर्जुन अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत् विज्ञप्ती निकाल्दै आफूहरु लामो समयदेखि जापानमा क्रियाशिल रहेको र हाल आएर नयाँ शक्ति नेपालले पनि आफूहरुको नामसँग मिल्दो नाम राखेर प्रचार गरेको उल्लेख गरेका छन् ।

अधिकारीले आफुहरुको संस्थासँग मिल्दो नाम हटाउन पनि माग गरेका छन् । नयाँ शक्ति नेपालको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानले यहि १८ सेप्टेम्बरमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ ।

injc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?