दुई दिवसीय तीज महोत्सवको पहिलो दिन भव्य, दोश्रो कार्यक्रम मंगलवार हुँदै

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को पहिलो दिनको कार्यक्रम ईकेबुकुरोमा सम्पन्न भएको छ ।

म नेपाली ग्रुपकी संस्थापक सदस्य सुमी केसीको सभापतित्वमा सुरु गरिएको अनौपचारिक कार्यक्रमको उद्वघाटन सभापति केसी, म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य, गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापा, एनआरएन आईसीसी सदस्य कपिल देव थापाले सयुक्त रुपमा स्टेजमा तीजे भाकामा नृत्य प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत कार्यक्रमको प्रमुख आकर्षण रहेको छ ।

पहिलो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेसंगै ग्रुपको तीज महोत्सवको दोश्रो कार्यक्रम मेगुरो स्थित मेगुरो कुमिन सेन्टरमा अगष्ट ३० तारिख मंगलवार ३ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

पहिलो दिनको कार्यक्रमका झलकहरु

image image image image image image image image image image image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?