दुई दिवसीय तीज महोत्सवका लागि कलाकारहरु जापान प्रस्थान

|

14139469_1225042557539875_1267015125_o

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को लागि कलाकारहरु नेपालबाट जापान प्रस्थान गरेका छन् ।

यहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’ का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत जापान प्रस्थान गरेका हुन् ।

यहि २८ तरिख तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा र ३० तारिख मेगुरो कुमिन सेन्टरमा पूर्व निर्धारित समयमै कार्यक्रम सुरु हुने आयोजकले बताएको छ ।

आयोजकले २८ तारिख आइतबार तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा हुने कार्यक्रममा कुनै औपचारिक कार्यक्रम नहुने र ३० तारिख मेगुरो कुमिन सेन्टरमा मात्रै निमन्त्रणा गरिएको अतिथिहरुलाई स्वागत सत्कार तथा औपचारिक कार्यक्रम गरिने तीज कार्यक्रम संयोजक कमला काप्रीले बताईन् ।

गायिका जमुना सनमको इलिजिविलिटी आएपनि नेपाल स्थित जापानी दूतावासको परिवर्तित नियमका कारण भिसा प्रक्रिया लामो भएको साथै लगातार जापान र नेपालमा राष्ट्रिय विदा परेकोले भिषा आवेदन फारम पेश गर्न ढिलाई हुँदा गायिका सनमको प्रचार प्रसार गरिएपनि तीज महोत्सवमा जापान ल्याउन नसकेकोमा आयोजक संस्था म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले जापानवासी नेपालीसंग क्षमा मागेकी छिन् ।

सहयोगदाता र संगीतप्रेमी दर्शकहरुलाई मध्यनजर गर्दै गायिका सनमलाई ढिलाई भए पनि जापान बोलाउने आयोजक संस्था म नेपाली ग्रुपले प्रतिवद्वता व्यक्त गरेको छ ।

तीज महोत्सव २०१६ को सम्पूर्ण तयारी पूरा भएको साथै जापानमा रहेका विभिन्न संघ संस्थामा पत्राचार गरिसकेको र कारणवश पत्र नपुगेको खण्डमा यहि समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा उपस्थितिको लागि ग्रुपकी सदस्य सुमी के.सी अनुरोध गरेकी छिन् ।

कलाकारहरु शनिवार सेन्दाईमा हुने तीज कार्यक्रमका लागि टोकियोबाट प्रस्थान गर्ने छन् ।

image