बलात्कारको आरोपमा जापानी नायक गिरफ्तार

टोकियो । बलात्कार तथा महिलालाई दुर्व्यवहार गरेको आरोपमा जापानी नायक युता ताकाहाता गिरफ्तार भएका छन् । बाईस वर्षीय ताकाहाताले गुन्मा क्षेत्रको माईबासीमा महिलालाई बलात्कार र दुर्व्यवहार गरेको आरोप लागेको हो ।

Yuta_Takahata
प्रहरीका अनुसार त्यो घटना मंगलवार ताकाहाता आफ्नो फिल्म “आओ नो कएरी मिची ” को सुटिंगको क्रममा होटेलमा बस्दा दुई बजे घटेको हो ।
ताकाहाताले मध्यरातमा मदिरा सेवन गरि होटेलमा आएको र त्यहाँका महिलासंग टुथब्रस मागेको र महिलालाई जबर्जस्ती महिलालाई कोठामा लगेको प्रहरीले बताएको छ ।
विहानको ३:३० बजे प्रहरीलाई होटलबाट आफूमाथि ताकाहाता बाट दुर्व्यवहार भएको भनि फोन आएपछि प्रहरीले अभियुक्तलाई गिरफ्तार गरेको बताएका छन् । आकाहाता शनिवार देखि होटलमा नै बस्दै आईरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?