टोकियोमा किशिदा, वांग र युन बिच त्रिपक्षीय वार्ता

टोकियो । जापान, चीन र दक्षिण कोरियाका विदेश मन्त्रीहरु उत्तर कोरियाले परिक्षण गरेको ब्लास्टिक मिसाईल बारे युएन सेक्युरिटी काउन्सिललाई अनुसन्धान गर्न अनुरोध गर्न लगाउने कुरामा एक ठाउँमा पुगेका छन् ।

Fumio Kishida, Yun Byung-se, and Wang Yiजापानका विदेश मन्त्री फुमियो किशिदा, चीनका विदेश मन्त्री वांग यी र दक्षिण कोरियाका विदेश मन्त्री युन ब्युंग सी विच बुधवार टोकियोमा भेटवार्ता भएको हो ।जापानी विदेश मन्त्रालयले मिटिंगको आयोजना गरेको थियो ।

युएनएससी (UNSC)को स्थायी सदस्य समेत रहेको चीनले उत्तर कोरियाले गरिरहेको ब्लास्टिक मिसाईल परिक्षण विरुद्द उत्तरदायी भएर जवाफ दिनुपर्ने किसिदाले बताएका छन् ।

त्यस्तै चिनियाँ विदेशमन्त्री वांगले उत्तर कोरियाको त्यस्तो गतिविधिलाई चीनले सधै विरोध गर्ने जवाफ दिएका छन् ।उत्तर कोरियाको मिसाईल परिक्षण जस्ता गतिविधिहरु विरुद्द तीन विदेश मन्त्रीहरुले युएन सेक्युरिटी काउन्सिलमा आवाज उठाउने बताएका छन् ।

वार्तामा जापानी विदेश मन्त्री किसिदाले उत्तर कोरियाले जापानी नागरिकलाई अपहरण गरेको घटना बारे पनि सवाल उठाउँदै त्यस्ता घटनाहरुको सहज अवतरणका लागि जापानलाई चीन र दक्षिण कोरियाको सहयोग चाहिएको बताएका छन् । त्यस्ता विषयहरु जापानी प्रधानमन्त्री सिन्जु आवेका पनि प्राथमिकतामा परेका विषयहरु हुन् ।

तीन देशका विदेश मन्त्री स्तरीय वार्तामा तीन देशहरुको विचमा हुने त्रिपक्षीय व्यापार, सहकार्य तथा प्राकृतिक विपत्तिको सामना कसरि गर्ने, वातावरणको रक्षा र आतंकवाद विरुद्द कसरि लड्ने भन्ने बारेमा छलफल भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?