तुफानका कारण उत्तरी जापानमा भारी वर्षा, बाढीमा परि दुईको मृत्यु

टोकियो । जापानमा सोमबार शक्तिशाली आँधीका कारण भारी वर्षा हुदा आएको बाढीमा परि टोकियो नजिकै एक मानिसको मृत्यु भएको छ। साथै बाढीमा परेर दर्जनौ मानिस घाइते भएका  छन् ।

japantufanजापानको स्थानीय समय अनुसार दिउसो १२.३० मा आएको मेन्ड्युल नामका सामुद्रिक आँधिको कारण टोकियो नजिकैका क्षेत्रहरुमा जमिन भासिनुका साथै नदिमा पानीको वहाव बढेको थियो । यसले गर्दा जापानको होकाडोमा रहेको फार्ममा असर पर्नुका साथै सडकमा पानी जमेको छ ।

जापानको सागामिहरा शहरमा एक महिलाका आँधीको कारण मृत्यु भएको कानागावा क्षेत्रको सरकारले बताएको छ । उक्त महिलाको मृत्युबारे विस्तृत विवरण भने आएको छैन तर संचार माध्यमका अनुसार मृतक ५८ वर्षीय महिला रहेको जनाईएको छ ।

टाइफुन कोम्पासुको कारण ४० वर्षका अर्का पुरुषको पनि मृत्यु भएको छ । उनको लास उनकै सावरी साधन नजिकै भेटिएको राष्ट्रिय अग्नी तथा विपत व्यवस्थापन समितीले बताएको छ । मिन्ड्युल आँधीका कारण भएको भारी वर्षा, बाढी, पहिरो तथा तिव्र हावाबाट सावधान रहन  अधिकारीहरुले आग्रह गरेका छन्  ।

राष्ट्रिय प्रसारक एन एच केका अनुसार मिन्ड्युल आँधीका कारण उत्तर पश्चिम क्षेत्रका ६१ जना घाइते भएका छन् । आँधीकै कारण ३० बालबालिका सामान्य घाइते भएका छन् भने एक ३४ वर्षिय पुरुषको करङ भाचिएको छ ।

तुफानका कारण विषेशत हायन्डा एयरपोटबाट आवात जवात गर्ने करिब ५०० उडान अवरद्ध भएका छन । जापानको  पूर्वी क्षेत्रका करिब एक लाख मान्छेहरु प्रभावित भएका छन् । होकाइडोका करिब २७ हजार मानिस शनिबार र सोमबार अबेर सम्ममा स्थायी रुपमा आफ्नो घर छाडेर सार्वजनिक आश्रयमा बसेका छन् ।

टोक्योका कतिपय ठाउँमा रेल यातायत सेवा पनि अवरुद्ध भएका र होक्खाइदो जिल्लामा पनि कोम्पासु नामक सामुद्रिक आँधीले प्रभाव पारेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?