जनसम्पर्क समिति जापानमा कांग्रेस सभापति देउवाले हस्तक्षेप गरेको कंडेल पक्षको दावी

 Janasamparkasamiti_logo
टोकियो । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क सम्पर्क जापानको बाँकी क्षेत्रको निर्वाचन अन्न्यौल बन्न पुगेको छ ।

आईतवार भएको मतदान प्रक्रिया वहिष्कार गरेका लाल बहादुर केसी (रोशन) र डिपी कंडेल प्यानल बीच सम्वन्ध चिस्सिएसंगै विवाद चर्कीपछि अन्यौल सृजना भएको हो ।

पदिय दुरुपयोग गरी नेपाली कांग्रेस केन्द्रिय कार्यलयलाई पत्र कटाउन जनसम्पर्क समिति जापानका सभापति नारायण सुवेदी र पूर्व सभापति कृष्ण सुवेदीले दवाव दिएको कंडेल पक्षको दावी छ ।

कंडेल पक्षले कांग्रेस सभापति शेर बहादुर देउवाको ठाडो हस्तक्षेप रहेको आरोप समेत लगाएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यलयले काटेको पत्रमा चलानी नम्वर नरहेकोले मत गणना गराउनै पर्ने कंडेल पक्षले अडान लिएका छन् ।

निर्वाचन समितिले जनसम्पर्कको कार्यसमितिले एक मतले पारित गरेको निर्णय अनुरुप नेपालबाट स्थानान्तरण भई आएको क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय लिएता पनि केसी प्यानलले विवाद निकालेको कंडेल पक्षको आरोप छ ।

त्यस्तै गरी भने, ‘सभापति सुवेदीले नेपालबाट रोक्न निर्देशन दिदादिदै जवर्जस्ती निर्वाचन गराउनु राम्रो होईन ।’ थप्दै भने निर्वाचन समितिलाई आफ्नो पक्षमा लिएर जवर्जस्ती निर्वाचन गराएको आरोप लगाएका छन् ।

९ क्षेत्र मध्ये ४ वटा क्षेत्रमा मात्र निर्वाचन सम्पन्न गरिएको थियो भने ५ वटा क्षेत्रमा केसी पक्षले मत पत्र च्यातेर वहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?