कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनपछि जनसम्पर्क समिति जापानको निर्वाचन स्थगित

टोकियो । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन तत्कालका लागि स्थगित गर्न कांग्रेस केन्द्रिय कार्यलय ललितपुरले निर्वाचन समितिका संयोजक महेश श्रेष्ठलाई निर्देशन दिएको केहि घन्टामा नै निर्वाचन समितिले सम्पूर्ण निर्वाचन स्थगन गरेको फेसबुक मार्फत जानकारी गराएको छ ।

समितिका संयोजक श्रेष्ठद्वारा जारि फेसबुक विज्ञप्तिमा ‘केन्द्रिय कार्यलयबाट निर्देशन आए अनुसार स्थगन गरिएको’ उल्लेख गरिएको छ । औपचारिक विज्ञप्ति भने केहि समयमा जानकारी गराईएको छ ।

निर्वाचन अघि कांग्रेस केन्द्रिय कार्यलयले पठाएको पत्रलाई वेवास्था गर्दै निर्वाचन तोकिएकै समयमा गरेका थिए । लाल बहादुर केसी (रोशन) र डिपी कंडेलको प्यानल चुनावी मैदानमा रहेका छन् ।

श्रेष्ठद्वारा जारि विज्ञप्ति

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?