जनसम्पर्क समिति जापानको निर्वाचन तत्काल रोक्न कांग्रेस केन्द्रिय कार्यलयको निर्देशन

टोकियो । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन तत्कालका लागि स्थगित गर्न कांग्रेस केन्द्रिय कार्यलय ललितपुरले निर्वाचन समितिका संयोजक महेश श्रेष्ठलाई निर्देशन दिएको छ ।

सो पत्रको बोधार्थ जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदीलाई पठाएको छ । हिजो मात्र नेपाली जनसम्पर्क समितिको निर्वाचन आंशिक मात्रामा सम्पन्न भएको थियो ।

हिजो भएको निर्वाचन मतदानमा अध्यक्षका दुई दाबेदार मध्य लालबहादुर केसी (रोशन) पक्षिय प्यानलले निर्वाचन पुरै बहिष्कार गरेकोले आंशिक मतदान केन्द्रहरुमा मात्र मतदान सम्पन्न भएको थियो ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यलयले जनसम्पर्क समितिका अध्यक्षलाइ पत्र लेख्दै विधानमा उल्लेख भएको मतदाता बारे जानकारी गराएपनि निर्वाचन समितिले भने तोकिएकै समयमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार जनसम्पर्कको ९ वटा क्षेत्रहरु मध्य कान्साई, क्युशु, हिरोसिमा र कान्तो गरी ४ वटा क्षेत्रमा मतदान गरिएको थियो ।

तोकाई क्षेत्रको मतदान केन्द्रमा भने मतदान सम्पन्न भईसकेपछि बहिष्कार पक्षद्वारा मतपेटिका कब्जा गरेका थिए । त्यस्तै जनसम्पर्क समितिको निर्वाचनमा निगाता, तोकाई (नागोया), किता कान्तो, सिजुओका र तोहोकु गरी ५ वटा क्षेत्रहरुमा भने मतदान हुन सकेको थिएन ।

कांग्रेस केन्द्रिय कार्यलयले नेपालमा क्रियाशिल सदस्य विदेशमा स्थानान्तरण गर्न कांग्रेसको संशोधित र परिमार्जित विधान २०१७ अनुसार कुनै व्यवस्था नभएको हुँदा जनसम्पर्क समिति जापानको निर्वाचनमा व्यावधान आएको भन्दै तत्कालका लागि निर्वाचन स्थगन गर्न भनेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय कार्यलय सचिव कृष्ण पौडेलको नाममा काटिएको पत्रमा निर्वाचन स्थगन गर्ने भनेपछि नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन के हुने भन्ने बारेमा निर्वाचन समितिले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । डिपी कंडेल र लाल बहादुर केसी (रोशन) ले प्यानल नै बनाई प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन पछि केन्द्रिय कार्यलयले काटेको पत्र

image

निर्वाचन अघि केन्द्रिय कार्यालयले काटेको पत्र

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?