जापानमा आयोजना हुने ओलम्पिक खेलकुद भव्य हुनेछ : आवे

जापान। जापानी प्रधानमन्त्री सिन्जु आवेले २०२० मा जापानमा हुने ओलम्पिक र प्याराओलम्पिक खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई खेलका लागि राम्रो वातावरण बनाउने प्रतिबद्दता जनाएका छन् ।

abeinrioआईतवार ब्राजिलको रियो द जेनेरियोमा आयोजित ओलम्पिक खेलको समापन समारोहमा आवेले सो कुरा बताएका हुन् । रियो द जेनेरियोमा आवेले जापानी ओलम्पिक टोलीका क्याप्टेन सहित २८ जना जापानी खेलाडीहरुलाई भेटेका थिए ।

हरेक खेलाडीहरुलाई भेटेर हात मिलाउँदै आवेले ब्राजिलमा आयोजित ओलम्पिकमा गरेको प्रदशनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

आवेले ओलम्पिकको समापन कार्यक्रममा जापानमा आयोजना हुने ओलम्पिक खेलकुदमा सरकारले खेलाडीहरुलाई राम्रो सुविधा प्रदान गर्ने समेत बताएका छन् ।
खेलाडीहरुसंगै आवेले जापानमा आयोजना हुने ओलम्पिकले विश्वभरिका जनताको मन जित्ने विश्वास व्यक्त गरेका छन् । अन्तराष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचलाई आगामी ओलम्पिकको तयारी जापानले गरिरहेको बताएका छन् ।

ओलम्पिक भव्यरुपमा सफल बनाउन जापान सरकार र आयोजक समिति मसिनो तरिकाले लागिरहेको बाचलाई आवेले विश्वास दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?