युद्द विरोधी जापानी पत्रकार मुनोको निधन

जापान । जापानका युद्द विरोधी वरिष्ट पत्रकार तथा लेखक ताकेजी मुनोको १०१ वर्षको उमेरमा निधन भएको छ । जापानी स्थानीय साप्ताहिक ताईमात्सु प्रकाशकको रुपमा उनको विशेष परिचय बनेको छ ।
muno
दोस्रो विश्वयुद्धको समयमा सहि रिपोर्ट दिन नसकेको पश्चाताप गर्दै उनले लेखेका धेरै लेखहरु पनि जापानमा चर्चित छन् । टोकियो विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्ध र स्पेनिश भाषा पढेका ताकेजीले प्यासिफिक युद्दको समयमा आसाही सिम्बुन पत्रिकामा १९४० देखि रिपोर्टरको काम थालेका हुन् ।

केहि वर्ष त्यहाँ काम गरिसकेपछि उनले १९४५ अगष्ट १५ मा सिम्बुन पत्रिकाबाट राजिनामा दिएर आफ्नै प्रकाशनमा आकितामा स्थानीय पत्रिका संचालन गर्न थालेका हुन् ।
जापानको प्यासिफिस्ट संविधानको रक्षार्थ मुनो ह्विल चेयरमा ५० हजार मानिससंगै सहभागी भएर प्रदशनमा उत्रेको समाचार त्यतिवेला चर्चाको शिखरमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?