जापानका एयरपोर्टहरुमा नयाँ सिस्टम जडान गरिने

टोकियो । जापानका विमानस्थलहरुमा नयाँ सिस्टम राखिने भएको छ । सन् २०२० को ओलम्पिक र प्याराओलम्पिक खेलको आयोजना गरेको जापानले त्यस अवधिमा जापान प्रवेश गर्ने यात्रुहरुको झोला तथा लगेजहरु सजिलै निरीक्षण गर्न सजिलो हुने गरि नयाँ सिस्टम राखिन लागिएको हो ।airport-new-system
त्यो सिस्टम राखेपछि कुनै यात्रुले झोलामा बम तथा हातहतियार बोकेर ल्याएको छ भने सजिलै पत्ता लगाउन सकिन्छ । टर्की र बेल्जियममा आतंकवादी हमला भएपछि सुरक्षा व्यवस्था कडा बनाउन जापान सरकारले त्यस्तो गर्न लागेको जापानी यातायात मन्त्रालयले बताएको छ ।

विमानस्थलमा यात्रुहरुको झोलाहरुको स्क्यान गर्नको लागि विशेष सुरक्षा अधिकारीहरु खटिने समेत मन्त्रालयले जनाएको छ। नयाँ सिस्टमले झोला भित्रको सामानहरु निरीक्षणका लागि एक्सरेको प्रयोग गर्ने र त्यसको मद्दतले झोला भित्रका सबै सामानहरुको चित्र सजिलै देखिने जनाईएको छ ।
तत्कालका लागि टोकियोका हानेडा र नारिता विमानस्थलहरुमा त्यो सिस्टमको प्रयोग गरिने समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?