आइतबार नै हुने भयो जनसम्पर्क समिति जापानको निर्वाचन, केसी प्यानल निर्वाचनमा भाग नलिने

image
जापान । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशन तोकिएकै मितिमा हुने भएको छ । आइतबार नै नयाँ नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदाता विवाद देखिएसँगै अधिवेशन अन्यौल बनेको थियो । तर, नेपाली कांग्रेसले जनसम्पर्क समितिका अध्यक्षलाइ पत्र लेख्दै विधानमा उल्लेख भएको मतदाता बारे जानकारी गराएपनि निर्वाचन समितिले भने तोकिएकै समयमा निर्वाचन गर्ने निर्णय गरि अघि बढेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाली जनसम्पर्क समिति जापानका अध्यक्षलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको विधान अनुसार नेपालमा क्रियाशिल सदस्यहरुको विदेशमा स्थानान्तरणको कुनै व्यवस्था नभएको प्रष्ट पारेसँगै जनसम्पर्क समिति जापानको नयाँ नेतृत्व चयनका लागि आइतबार नै निर्वाचन हुने भएपनि रोशन केसी प्यानलले समस्या समाधान नगरे निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

मुख्य सचिव पौडेलले पठाएको पत्रमा स्थानान्तरण गरेका सदस्यहरुले पनि छ महिना नबितेको भए मतदानमा भाग लिन नपाउने व्यवस्था रहेको जानकारी गराएसँगै जनसम्पर्क समितिमा देखिएको विवादले वहिष्कारसम्मको अवस्था आएको केसी प्यानलको भनाई छ । समितिको छैठौं अधिवेशन पश्चात मतदाताका बारेमा दुई पक्षबीच विवाद देखिएको थियो ।

नेपालका विभिन्न जिल्लाहरुबाट स्थानान्तरण भई आएका क्रियाशिल सदस्यहरुका बारेमा विवाद भएपछि केन्द्रसँग जानकारी माग गरिएको थियो । मुख्यसचिव पौडेलले विदेशमा स्थानान्तरणको व्यवस्था नै नभएको जनाएपनि कानुनी हिसावले हेर्दा निर्वाचन गराउन मिल्ने निष्कर्ष सहित निर्वाचन गराई छाड्ने निर्वाचन समितिका संयोजक महेश श्रेष्ठले जानकारी गराएका छन् ।

मतदाता विवाद सल्ट्याउन अध्यक्ष नारायण सुवेदी, महामन्त्री राजेन्द्र जमरकट्टेल र नवराज थापा रहेको कायदल बनाइएको थियो । कार्यदलले विवादित व्यक्ति बारेमा छानबिन गरिएको प्रतिवेदन निर्वाचन समितिलाई बुझाइसकेको छ । विवादित अधिकांश बाग्लुङ जिल्लाका रहेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि उपाध्यक्ष डिपी कँडेर र एनआरएन जापानका पूर्व अध्यक्ष रोशन केसीको प्यानल मैदानमा उत्रिएका छन् । तर रोशन केसी प्यानलले भने निर्वाचन वहिष्कार गरेका छन् ।

नेपाली कांग्रेसको पत्र

image

निर्वाचन समितिको विज्ञप्ति

image

केसी प्यानलको विज्ञप्ति image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?