ओलम्पिकमा ४१ मेडल सहित जापानले इतिहास तोड्यो

जापान ।रियो ओलम्पिकमा जापानले थप मेडल जितेको छ ।अहिले सम्म गरेर जापानले कुल ४१ मेडेल हात पारिसकेको छ ।जापानले यति धेरै मेडेल प्राप्त गरेको इतिहासमै पहिलो पटक हो ।RIOEC8I1OBCAP

जापानले १०० मिटरको पुरुष तर्फको रिले दौड र ५७ केजीको पुरुष तर्फकै रेस्लिङ तर्फ सिल्भर पदकको दावी गरेको छ । महिला तर्फको ब्याडमिन्टनमा जापानले ब्रोन्ज मेडल हात पारेको छ ।

अहिलेसम्ममा जापानले १२ स्वर्ण, ८ रजत र २१ कास्यपदक हासिल गरिसकेको छ । सन् २०१२ को लण्डन ओलम्पिकमा जापानले ३८ वटा पदक हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?