सेप्टेम्वर २ मा जापानी प्रधानमन्त्री आवे र रुसी राष्ट्रपति पुटिनबिच वार्ता हुने

जापान । रूसका क्याविनेट मन्त्रीको भनाई अनुसार  रुसका राष्ट्रपति भल्दामिर पुटिन र जापानका प्रधानमन्त्री सिन्जु आवे २ सेप्टेम्बरमा व्लादिवोस्तोकमा भेटवार्ता हुनेछ ।

Vladimir Putin, Shinzo Abeरूसको सुदुर पूर्वका विकास मन्त्री अलेक्जेन्डर गालुष्काले विहिवार मस्कोमा पत्रकारहरुलाई त्यो योजनाको खुलासा गरेका हुन् ।

आबे २ र ३ सेप्टेम्बरमा रुसको सुदुर पूर्वमा रहेको सहरमा एउटा अन्तराष्ट्रिय आर्थिक मन्चमा भाग लिनेवाला छन् । यो समारोहको लक्ष्य एशिया प्रशान्त देशहरु बाट रुसमा निवेश आकर्षित गर्नु रहेको छ ।

दुवै देशका अधिकारिहरु त्यो मन्च भन्दा फरक एउटा शिखर बैठकको आयोजना गर्ने तयारी गरिरहेका थिए ।

मे महिनामा जापानी प्रधानमन्त्री आवेसंग आफ्नो बैठकको समयमा रुसी राष्ट्रपति पुटिनले भनेका थिए कि अर्थव्यवस्था सबैभन्द महत्वपूर्ण मुद्दा हो । जापानले रूसको अर्थव्यवस्था सुदृढ गर्नको लागि सहयोगको आठ सुत्रिय योजनाको प्रस्ताव राखेको थियो ।

पर्यवेक्षकहरुको भनाई अनुसार मस्कोले त्यो योजना तुरुन्त लागु गर्न चाहेको जनाईएको छ । यो योजनामा रुसको सुदूर पूर्वमा औद्योगिक विकास र राष्ट्रमा उद्योगहरुको विविधताको लागि कदम उठाउन सामिल रहेको छ ।

व्लादिवोस्तोकमा आयोजना भएको त्यो मन्चमा भाग लिनेहरुमा दक्षिण कोरियाका राष्ट्रपति पाक कुने पनि थिए ।पाकले रसियाका राष्ट्रपति पुटिनसंग ३ सेप्टेम्बरमा भेटवार्ता गर्ने पनि जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?