रियो द जेनेरियोमा जापानको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न(फोटो फिचर)

जापान ।सन् २०२० को ओलम्पिक खेलको आयोजक जापानले आफ्नो संस्कृतिको प्रचारको लागि ब्राजिलको राजधानी रियो द जेनेरियोमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

Tokyo’s cultural programmes- RIO DE JANEIRO (1)जापानको संस्कृतिको प्रचारको लागि अहिले चलिरहेको रियो ओलम्पिक खेलकुदमा टोकियो क्याराभान प्रोजेक्ट तयार बनाईएको हो ।जापानी लेखक तथा नाटकार हिडेकी नोडाको निर्देशनमा तयार भएको सो प्रोजेक्टमा जापानी सिमाना, संस्कृति र एतिहासिक धरोहरहरुलाई समेटिएको छ ।Tokyo’s cultural programmes- RIO DE JANEIRO (2)

आउँदो बिहिवार त्यो प्रोजेक्ट सर्वसाधारणलाई देखाईने समेत भएको छ ।जापानी सिनेकर्मीहरु रिजिरो सुमारा र टोकियोका स्का प्याराडाईज ओर्केस्त्राहरुले स्थानीय कलाकारहरुको सहयोगमा बनाईएको सो प्रोजेक्टले जापानको विशेष प्रकारको सांस्कृतिक भाव दर्शाएको बताएका छन् ।

सो प्रोजेक्टको भिडियो देखाउने क्रममा सर्वसाधारणको उपस्थितिमा उनीहरुले कागज तथा कपडाको मद्दतले विभिन्न फूल तथा कागजका आकर्ष गरगहना बनाएर मनोरन्जन लिन सक्नेछन् ।Tokyo’s cultural programmes- RIO DE JANEIRO (3)

सिनेकर्मी नोडाले बताए अनुसार ब्राजिलका बासिन्दाहरुले सांस्कृतिक कार्यक्रमको भरपुर मनोरंजन लिन सक्नेछन् ।प्रोजेक्टको नाम नै क्याराभान दिए जस्तै जापानका सांस्कृतिक टोलीले ब्राजिलबाट नयाँ अनुभवहरु हासिल गरि जापानमा फर्किने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?