निरन्जन गैरेको नेतृत्वमा पाल्पा समाज जापान गठन

टोकियो । विभिन्न अध्ययन, पेशा, व्यवसाय लगायत भिसामा जापान आई वसोवास गर्दै आएका पाल्पालीहरु एक जुट भएका छन् । विहिवार शिन ओकुबोमा बसेको बैठकले सल्लाहकार सहितको कार्यसमिति बनाएको छ ।

जापानमा रहेका पाल्पालीहरुलाई संगठित गर्दै भई परि आउने समस्या सामूहिक रुपमा समाधान गर्न अग्रसर रहने साथै पाल्पाका समस्याहरुलाई पहिल्याउदै सहयोगी बन्ने उदेश्यले गठन गरिएको अध्यक्ष निरन्जन गैरेले जानकारी दिएका छन् ।

पाल्पालीहरुको उक्त वैठकले संस्थाको नाम पाल्पा समाज जापान राखेका छन् । जापानमा रहेका पाल्पालीहरु जोड्दै समाजलाई भलो हुने क्रियाकलाप अघि बढाउने निष्कर्ष समेत निकालेका छन् ।

गैरेको नेतृत्वमा समाजको उपाध्यक्षमा भरत ज्ञावाली, महासचिवमा राजन गैरे, कोषाध्यक्ष भोजराज न्यौपाने ‘सुमन’ र सचिवमा सुभास बस्याल रहेका छन् भने संरक्षकमा युवराज गैरे रहेका छन् ।

सल्लाहकारहरुमा मेघराज नेपाल, तोयनाथ पोख्रेल, जोन छन्त्याल, राजु गौचन र प्रकाश तिमिल्सिना रहेका छन् ।

त्यस्तै गरि सदस्यहरु टिकाराम गैरे, ठाकुर बस्याल, बालकृष्ण अर्याल, प्रेमराज न्यौपाने, श्रवणकुमार न्यौपाने, बसन्त पौड्याल, गुरु बस्याल, सुरेन्द्र गैरे, सुदर्शन मुडभरी, विष्णु पाण्डे, नबिन न्यौपाने, चुडा रायमाझी, बिजन कोइराला, लक्ष्मण न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, देवराज न्यौपाने, सुदिप सुवेदी, ज्ञानबहादुर मगर, कल्पना न्यौपाने, इन्दिरा क्षेत्री, मधुसुदन अर्याल, सुस्मिता मुडभरी, अंकित सारु मगर, अमृत राक्से, सिता बस्याल, अभिनाश गौतम, सञ्जीव राना, एमएस ठकुरी, सुमनसिंह ठकुरी, पदम सिग्देन, मदन थापा, सुवास घिमिरे, मोहन बस्याल, अनिसा ठकुरी, नारायण बङ्सी, बिकास गैरे, राधिका गैरे, महेश गैरे, राधिका भट्टराई, हरी पाण्डे र शान्ति न्यौपाने रहेका छन् ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?