चितवन समाज जापानद्वारा क्यान्सर पिडित भट्टको उपचारको लागि आर्थिक सहयोग

जापान ।चितवन समाज जापानले विगत लामो समय देखि क्यान्सर रोग संग लडिरहेका बैतडीका खेमराज भट्टको उपचारको लागि आर्थिक सहयोग गरेको छ । टोकियो स्थित नेशनल क्यान्सर सेन्टर हस्पिटलमा ४२ वर्षीय भट्टको उपचार भैरहेको छ ।

रोजगारीको शिलशिलामा कुक भिषामा जापान आएका भट्टको उपचारको लागि जापान स्थित विभिन्न संघ सस्थाले आर्थिक सहयोग जुटाउदै उपचार भैरहेको हो । सोहि क्रममा चितवन समाज,जापानले संस्थाको तर्फबाट पदाधिकारीहरुले उपचारको लागि सहयोग स्वरूप तिस हजार येन हस्पिटलमै पुगेर हस्तान्तरण गरेका हुन् ।khemraj-bhatta-help

समाजका महासचिव छबिलाल सापकोटा, कोषाध्यक्ष राजन कुमार श्रेष्ठ सहित चितवनबासीहरु टंक गैरे, इश्वरी कंडेल र सेवा रेष्टुरेन्टका इश्वरी कंडेलको टोलि अस्पतालमा पुगी बिरामीलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

भेटका क्रममा उपचाररत भट्टले आफ्नो स्वास्थमा क्रमिक सुधार भैरहेको तर पूर्णरुपमा सन्चो हुन कति समय र खर्च लाग्ने एकिन भन्न नसकिने भन्दै जापानबासी नेपाली समुदायको सहयोग प्रति आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेका छन् ।

आफ्नो उपचारमा जापानबासी नेपाली समुदायले गरेको सहयोगनै रोग संग लड्ने शक्तिको रुपमा रहेको भन्दै यो सहयोगले पनि थप शक्ति थपेको भन्दै चितवन समाज जापानलाई धन्यवाद दिएका छन् ।  जापानमा क्रियाशील चितवन समाज जापानले जापानमा बसोबास गर्ने हरेक नेपालीहरुको दु:ख सुखमा हातेमालो गर्दै सामाजिक कार्यमा क्रियाशील हुदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?