जापानमा निधन भएका तामाङको शव नेपाल पठाउन नयाँ शक्तीको भातृ संगठनको सहयोग

जापान  । जापानमा सोमवार निधन भएका रमेश तामाङको शव नेपाल पठाउनको लागि डा.बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ती पार्टी, नेपालको जापान स्थित भातृ संगठनले आर्थिक सहयोग गरेको छ ।

नयाँ शक्ति नेपालको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापानले  २ मान ३ हजार जापानी एन अर्थात नेपाली सटही दर अनुसार करिब २३ हजार ७ सय ५९ रुपैया हष्तान्तरण गरेको छ ।naya-shakti-help

समाजका संयोजक पदम सिंह ठगुना तथा आर्थिक संयोजक सरिता ढकाल लगायतका टोलिले एभरेष्ट फुजी न्युज डट कमका सम्पादक प्रेमिला गौचनलाई संयुक्त रुपमा भेटेर रकम हस्तान्तरण गरेका हुन् ।

सोही दिन सहयोग समितीका संयोजक तथा नेपाल तामाङ समाज, जापानका अध्यक्ष कर्म वाङगेल लामालाई गौचनले हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकममा एभरेष्ट फुजी न्युज डट कमका सम्पादक प्रेमिला गौचनले थप १ मान जापानी एन ( रु १० हजार ३ सय ३० ) गरी ३४ हजार ८९ रुपैया संयोजक लामालाई हस्तान्तरण गरेकी छिन् ।naya-shakti

बिस तारिख सम्म आर्थिक सहयोग संकलन गर्ने र २१ वा २२ मा नेपालमा शव पठाउनको लागि आवश्यक कागजी प्रक्रियाहरु सुरु भैसकेको लामाले बताएका छन्  ।

बैंक खाता र तलव सहित गरेर मृतकसंग ३० मान रहेको र अन्य संस्था र व्यक्तिहरुबाट मृतकका लागि १८ मान मात्र संकलन भएको हुँदा लामाले मृतकको शव पठाउन सहयोग गर्न अन्य महानुभावहरुलाई अनुरोध गरेका छन्।

मृतकको शव नेपाल पठाउनको लागि ११५ देखी १३० मान सम्म खर्च लाग्ने अस्पतालले बताएकोले आर्थिक सहयोगका लागी  तामाङ समाज जापान जेपी बैंक खाता नम्बर १०११० ७८७६ ३५११ (अध्यक्ष ) कर्म वाङगेल लामा तथा हिमाल तामाङ र मृतकसंगै कोठामा बस्दै आएका दिनेश पुलामी मगरको खातामा रकम पठाएर सहयोग गर्न सहयोग समितिले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?