जापानमा मृत्यु भएका तामाङको शव नेपाल पठाउने तयारी 

जापान।जापानमा मृत्युभएका रमेश तामाङको शव नेपाल पठाउन नेपाली जनसम्पर्क समिति सिजुओकाद्धारा सहयोग अभियान अगस्ट १८ बाट अभियान सुरू गरेको छ ।

उच्च रक्तचापका कारण गत सोमबार जापानमा ज्यान गुमाएका सिन्धुलीका तामाङको शव नेपालमा पठाउन जापानको सिजुओकामा सहयोग अभियान थालिएको हो ।

तामाङ समाज जापानको अपिलमा नेपाली जनसंपर्क समीती सिजुओका तथा जनसम्पर्क समिति जापानको महामन्त्री पदका प्रत्यासी रेशम डंगोलको  पहलमा थालिएको अभियानको पहिलो दिनमै ३५ हजार यान संकलन भएको छ ।

आगामी आईतबार सम्म सहयोग संकलन गरिने नेपाली जनसम्पर्क समिति सिजुओकाका सभापति आनन्द पुलामीले जानकारी दिएका छन  ।

सिजुओकामा रहेका नेपाली समुदायले सहयोग गर्न चाहेमा आफुलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन । अध्ययनको क्रममा दुईवर्ष देखी जापानको ईकेबुकुरोमा बस्दै आएका रमेश तमांङको पार्थिव शरीर नेपालमा पठाईदिन परिवारबाट आग्रह गरेपछि जापानका विभिन्न संघसंस्थाले रकम संकलन गर्न शुरु गरेका हुन् ।

तामाङको शव नेपाल पठाउन धेरै रकम चाहिने हुदा सहयोग गर्न नेपाली जनसम्पर्क समिति सिजुओकाले अपिल समेत गरेको छ । हालसम्म सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।

आनन्द पुलामी -२००००

रेशम डंगोल- ५०००

मधुकर तामाङ-३०००

प्रताव तामाङ-३०००

ललिता तामाङ-२०००

सानु मोक्तान -२०००

अमिसा तामाङ-२०००

सरोज जंग खड्का- ३०००

रमेश भण्डारी – १०००

सुन्दर श्रेष्ठ – १०००

विरेन्द्र केसी- १०००

उदय बस्नेत-३०००

हरि नेपाली- १०००

बाबुराम सुनार- १०००

रुपक बस्नेत – २०००

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?