जापान ।दोस्रो विश्वयुद्द सकिएको ७१ औं वर्षगाँठको अवसरमा जापानी प्रधानमन्त्री सिन्जु आवेले सोमवार फेरी जनतामा युद्दको सन्त्रास फैलन नदिने सपथ खाएका छन् ।
आफ्नो नेतृत्वमा जापानलाई युद्दका पुराना घाउहरुलाई निको पार्दै शान्त र मैत्रीपूर्ण समाज तिर अगाडी बढाउने आवेले बताएका छन् ।
जापानमा युद्द सम्बन्धी विषयमा संविधाननै संशोधन गर्ने सवाल उठिरहेका बेला विश्वयुद्द सकिएको कार्यक्रमको अवसरमा आवेले आफ्ना विचारहरु व्यक्त गरेका हुन् ।
अन्य देशले जापानमा हमला नगरेसम्म जापानले आफै हमला नगर्ने भन्ने कानुन आवेले संशोधन गर्ने विचार पछिल्लो समय उठाईरहेका छन् ।
विश्वमा शान्ति र समृद्दीका लागि जापानले महत्वपूर्ण भूमिका खेल्ने आवेले कार्यक्रमको सम्बोधनको क्रममा बताएका छन् ।
ईतिहासमा युद्दको पीडा सायद जापानले जस्तो अरुले भोगेन भन्दै आवेले दक्षिण एशियाको शान्तिको लागि पनि जापानले भविष्यमा उल्लेखनीय भूमिका खेल्ने बताएका छन् ।
युद्दको सकिएको सम्झनामा आयोजना गरिएको कार्यक्रममा जापानी सम्राट अकिहितोको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा अकिहितो लगायत युद्दमा ज्यान गुमाउनेहरुका ५००० परिवारले श्रद्धाञ्जली दिंदै प्रियजनलाई सम्झिएका थिए।
