गायिका अन्जु पन्तद्वारा स्वरबद्व गीतको म्युजिक भिडियो टोकियोमा छायांकन

role-model (4)

टोकियो । चर्चित गायिका अन्जु पन्तको स्वरमा ‘मुटु माझ राखे तिमीलाई’ बोलको आधुनिक गीतको म्युजिक भिडियो जापानमा छायांकन गरिएको छ ।

जितन तामाङको शब्द र रेशम ग्याम्बा तामाङको निर्देशनमा तयार हुने सो म्युजिक भिडियो टोकियोका विभिन्न क्षेत्रमा छायांकन गरिएको छ । क्यामेरा म्यान प्रकाश गुरुङ हुन् ।

म्युजिक भिडियोमा मोडलको रुपमा नाभी थापा, रोविन खड्का र मुस्कान थापाले अभिनय गरेका छन् । रविन खड्का र मुस्कान थापा यस भन्दा पहिले पनि नेपाली चलचित्र देखि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

नाभी थापाको आउँदो म्युजिक भिडियो दोस्रो म्युजिक भिडियो हो । सो भिडियोको सम्पादन कार्य भई रहेकोले छिट्टै युट्युव मार्फत सार्वजनिक गरिने मोडल नाभीले बताईन् । पछिल्लो समय जापानमा म्युजिक भिडियो बनाउने बढ्दै गैरहेको छ ।

role-model (3)

role-model (6) role-model (1)role-model (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?