रियो ओलम्पिकमा जापानको ७ स्वर्णपदक सहित २४ पदक  

रियो ओलिम्पिक खेलमा जापानले जुडोमा थप दुई पदक जितेको छ । पुरूषको १०० किलोग्राम भन्दा बढी तर्फमा हिसायोशि हारासावाले रजत पदक हात पारेका हुन् भने महिला तर्फको ७८ किलोग्राम भन्दा बढीको खेलमा कानाए यामाबेले कास्यपदक जितेका थिईन् । 

जुडोका सबै खेलहरु समाप्त भए संगै जापानले कुल मिलाएर ३ स्वर्ण, १ रजत र ८ कास्यपदक जितिसकेको छ । जूडोका पुरुष खेलाडीहरुले सबै ७ वर्ग तर्फको पदक जितेका छन् ।पहिलो पटक जापानले जुडोमा १२ वटा पदक हात पारेर नयाँ रेकर्ड पनि बनाएको छ ।

japan
ओलम्पिक खेलमा जापानले अहिलेसम्म 7 स्वर्ण, 3 रजत र 14 कास्यपदक जितेर कुल २४ पदक सुरक्षित गरेको छ । पदकको कुल संख्या र स्वर्ण पदकको हिसाबले पदक तालिकामा अमेरिका, चीन, बेलायत र जर्मनी पछि जापान पाँचौ स्थानमा रहेको छ ।

 अमेरिका संग कुल ६० पदक रहेको छ जसमा २४ स्वर्ण पदक र चीनसंग १३ स्वर्ण पदक सहित कुल ४१ पदक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?