गल्कोट समाजको चौथो अधिवेशन टोकियोमा हुने

galkotजापान ।सामाजिक कार्यहरुमा सक्रिय गल्कोट समाज जापानको चौथो अधिवेशन टोकियोमा अगष्ट २४ तारिखमा हुने भएको छ । समाजको अधिवेशन टोकियोको तोसिमा कु हिगासी इकेबुकुरो १-२०-१५ सेइकाचु सान्ग्योउ प्लाजाको तेस्रो तल्लामा हुने आयोजक समितिले जानकारी दिएको छ ।

विशेष गरि जापानमा रहेका नेपालीहरुले नेपालमा भैपरीआउने समस्या र सम्भावनाहरुको खोजि गरेर सामाजिक कार्यमा सक्रिय सहयोग गर्दै आईरहेको छ ।

अधिवेशनले गल्कोट समाजको चौथो कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो। अधिवेशनमा उपस्थितिका लागि गल्कोटका निवासी तथा सम्पूर्ण नेपालीहरुलाई गल्कोट समाज, जापानले निमन्त्रणा समेत गरेको छ।

कार्यक्रम हुने मिति, स्थान र समय

स्थान : तोसिमा कु हिगासी ईकेबुकुरो १-२०-१५ सेईकाचु सान्ग्योउ प्लाजा तेस्रो तल्ला

समय: दिउसो १ बजे देखी

मिति : अगष्ट २४ तारिख

हलको फोन न : ०३५९९२७०११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?