प्रशिक्षणका लागि सरस्वती आईतवार जापान जाने

saraswatiजापानमा प्रशिक्षणका लागि महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार जापान जाने भएकी छिन् ।

जापानमा युनिभर्सिटी अफ टिसुकुबामा सरस्वतीले करिब एक महिना प्रशिक्षण लिने बताईएको छ । उनले त्यो युनिभर्सिटीको छात्रवृत्तिमा जापानमा प्रशिक्षण गर्ने अवसर प्राप्त गरेकी हुन्।

 जापानको प्रशिक्षण पश्चात सरस्वतीले आफ्नो खेलको स्तर पहिलेको भन्दा राम्रो हुने बताएकी छिन् । जापान भलिवलका लागि राम्रो देश भएकाले जापानका प्रशिक्षकसंग आफुले सिक्न पाउनु ठुलो अवसर भएको भन्दै प्राविधिक कुरामा बढी ध्यान दिने बताएकि छिन् ।सरस्वतीको भदौ २९ मा जापानबाट फर्कने योजना छ।युनिभर्सिटी अफ टिसुकुबा जापान सरकारबाट स्थापित दोस्रो ठूलो विश्वविद्यालय हो ।

विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्।  गत वैशाखमा सरस्वतीलाई टिसुकुबा विश्वविद्यालयले प्रशिक्षणका लागि छात्रवृत्तिदिने पत्र पठाएको थियो।

सरस्वती पनि एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन्। एपिएफ क्लबका प्रमुख दुर्जकुमार राई, राष्ट्रिय टोलीका पूर्व खेलाडी जयनारायण चौधरी र नेपाली टोलीका पूर्व जापानिज प्रशिक्षक सुन्जी यानागिताको सहयोगमा आफू जापान जान लागेको सरस्वतीले बताइन्। सुन्जी युनिभर्सिटी अफ टिसुकुबाकाप्रशिक्षक पनि हुन्।  राई अहिले सशस्त्र प्रहरी बलका महानिरीक्षक हुन्।

धनगढीकी सरस्वतीले दुई वर्षअघि प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। जुन प्रतियोगितामा नेपालले श्रीलंकालाई हराउँदै रजत पदक जितेको थियो।सरस्वतीले पश्चिमाञ्चलको फिस्टेल स्कुलबाट व्यावसायिक भलिबल करिअर सुरु गरेकी हुन्।

उनले नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७० को लोकप्रिय खेलाडीको पुरस्कार जितेकी थिइन्। सरस्वतीलाई २०७० सालमा नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीबाटपुरस्कृत गरेको थियो।

उनले सशस्त्र प्रहरीआइजिपी कप भलिबलमा उत्कृष्ट खेलाडी हुँदै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडी हुँदै स्कुटर पुरस्कार पाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?