युद्द पीडित महिलाहरुलाई सहयोग गर्न जापान र दक्षिण कोरिया सहमत

जापान । जापान र दक्षिण कोरिया एउटा मूल सम्झौतामा पुगेका छन् कि  जापान युद्धकालीन कम्फ़र्ट वुमेनको नामले चिनिने महिलाहरुको लागि आयोजना हुने त्यस्तो  कार्यक्रमको लागि सहयोग  रकम  प्रदान गर्न सकियोस  ।
comfortwomen

कम्फर्ट वुमेन भन्नाले युद्दको समयमा पीडित भएका जापानी महिलाहरुलाई भनिएको हो । जापानका विदेश मन्त्री फ़ुमिओ किशिदाले त्यस विषयमा शुक्रवार दक्षिण कोरियाका आफ्ना समकक्षी  युन ब्योन-से संग फोन वार्ता गरेका थिए । 

उनीहरुले गत जुलाईमा वृद्ध भएका महिलाहरुको सहयोगका लागि दक्षिण कोरियाले सुरु गरेको एउटा संस्थानको बारेमा चर्चा गरेका थिए । जापानले यस संस्थानलाई एक अरब येन अर्थात लगभग ९८ लाख डलर दिने घोषणा गरिसकेको छ । 

किशिदाले पत्रकारहरुलाई भनेका छन् कि मुख्य सम्झौता जापानले मानेर अघि बढिरहेको छ कि उसको योगदानको प्रयोग चिकित्सा र हेरचाहको लागि हुनेछ । उनले भनेका छन् कि जापानले बाचा गरे अनुसारको पुंजी प्रदान गर्ने प्रक्रिया तत्काल सुरु गर्नेछ । 

पछिल्लो डिसेम्बर महिनामा जापान र दक्षिण कोरियाले त्यो संस्थान शुरू गर्ने बारे महत्वपूर्ण सम्झौता गरेका थिए ताकी कम्फ़र्ट वुमेनको मुद्दा निर्णायक र अपरिवर्तनीय रूपबाट हल गर्न सकियोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?