
जापान । जापानका विदेश मन्त्री फ़ुमिओ किशिदाले पूर्वी चीन सागरको जापानी जलक्षेत्रमा चिनियाँ पानिजाहजका नाकाहरु बाट आजभोली लगातार रुपमा भैरहेको घुसपैठका घटनाहरु प्रति विरोध दर्ज गराएका छन्
मंगलवार किशिदाले चीनका राजदुत चेंग योंग-हुआलाई त्यहि विषयमा कुरा गर्न विदेश मन्त्रालय बोलाएका थिए । किशिदाले जापानको लगातार विरोधका बाबजुत सेन्काकु द्वीहरुको आस-पासको स्थितिमा सुधार नभएको बताएका छन् ।
जापानले त्यस क्षेत्रमा तनाव बढाउने काम गरिए त्यसलाई स्वीकार नगर्ने उनले बताएका छन्। जापानले चिनियाँ गतिविधिको विरुद्द लगातार पाँच दिन विरोध गरिरहेको छ ।
राजदूत चेंगले चीनको आधिकारिक धारणा सुनाउँदै भने “त्यो द्विप चीनको अभिन्न हिस्सा हो र चीनियाँ पानीजहाजहरुको त्यहाँ रहने अधिकार छ । ”
पछिल्लो शुक्रवार चिनियाँ सरकारको ठुलो पानी जहाज त्यो द्विप हुँदै जापानी जलक्षेत्रमा पहिलो पटक घुसेको थियो । सोमवार १५ वटा चिनियाँ पानिजाहजहरु त्यस द्विपका आसपास देखा परेका थिए। जापान सरकार द्वारा सेप्टेम्बर २०१२ मा एक निजी मालिक संग केहि सेन्काकु द्वीपहरुलाई खरिद गरेपछि ती द्वीपहरु बाट घुसपैठ गर्ने जाहाजहरुको संख्या यो अहिले सम्मकै धेरै रहेको अधिकारीहरुको दावी रहेको छ ।