सम्राट अकिहितोको सम्बोधन बारे जापानी नागरिकहरुको प्रतिक्रिया

Japan-Akihito-2जापान । टोकियोको युराकुचो स्टेशन बाहिर जापानी नागरिक राहगीरोले सम्राट आकिहितोले देशवासीका नाममा गरेको सम्बोधन हेरिरहेका थिए। 

हिगाशिकुरुमे शहरको ४० वर्षिया एक महिला सरकारी कर्मचारीले भनिन् “सम्राटको लागि आफ्नो कर्तव्य निर्वाह गर्न शारीरिक रुपले साँच्चै नै कठिन भएको हुनुपर्छ ” । सरकारी कर्मचारीहरुले सम्राटको भावनालाई कदर गर्ने गरि उपायहरु निकाल्नुपर्ने ती महिलाको भनाई रहेको छ । सम्राटका लागि खोजिने उपायहरु भने जापानी जनताहरुले बुझ्ने गरि प्रष्ट भाषामा बताईनुपर्ने उनको अभिमत रहेको छ । 

सम्राटले २०११ मा आएको भूकम्प र सुनामीपछि भएको पुनर्निर्माण, राहत र त्यहाँका जनताको स्थिति बुझ्नको लागि मार्चमा पूर्वी जापानको मियागी क्षेत्रको ओनागावा कस्बेको यात्रा गरेका थिए ।

त्यो कस्बेको एक बज़ारमा टाइल्स कारखानाका मालिक ५५ वर्षीय नारुमि आबेले  सम्राटले आफ्नो शारीरिक र अन्य तनावहरुलाई झेल्दै पहिले जनताको बारेमा सोचिरहेको बताएका छन् ।

उनले सम्राटले कस्वे यात्राको समयमा भूकम्प र सुनामी पीडित जनताहरुसंग विनम्र भएर कुरा गरेका थिए । सम्राट पीडित जनताहरुको राम्रो भएको हेर्न चाहन्छन् त्यसैले उनी चिन्तित भएका हुन् नारूमिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?