नागासाकीका मेयर तोमिहिसाले भने, “आणविक हातहतियार विनाको विश्व बनाऔं “

जापान । नागासाकीमा दोस्रो विश्वयुद्दमा अमेरिकाले गरेको आणविक बम हमलाको ७१ वर्षको दुखद सम्झना गर्दै मंगलवार त्यस सहरका मेयर तोमिहिसा तुएले आगामी दिनहरुमा विश्वका जनताले आणविक हतियार विनाको समाजको आभास गर्न पाउनुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।
nagasaki
वार्षिक रुपमा हिरोसिमा र नागासाकी घटनाको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । त्यहि अवसरमा यस पटक पनि जापानको पिस पार्कमा गरिएको कार्यक्रममा ५३ देशका प्रतिनिधिहरु, युरोपियन युनियन र युनाईटेड नेशनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यस कार्यक्रममा नागासाकी नगरका मेयरले आणविक हातहतियार उत्पादन र खरिद विक्री गर्ने जस्ता कुनै पनि सन्धि सम्झौताहरुमा जापान सरकारलाई हस्ताक्षर नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?