कोहि उचिमुराको उत्कृष्ट प्रदशनसंगै जापानलाई जिम्न्यास्टिकमा स्वर्णपदक

जापान । रियो ओलम्पिक खेलकुदमामा जापानले पुरुष जिम्न्यास्टिक तर्फको खेलमा स्वर्ण पदक हात पारेको छ । जापानले स्वर्ण पदकका लागि रसिया र चीनलाई पराजित गरेको हो ।

जिम्न्यास्टिकमा जापान र चीन प्रमुख प्रतिद्वन्द्वी मानिन्छन् । सन् २००८ र २०१२ मा भएको ओलम्पिक खेलकुदमा चीनले लगातार दुईपटक स्वर्णपदक हात पारेको थियो ।
जापानी खेलाडी कोहि उचिमुराको उत्कृष्ट प्रदशनका कारण यस पटक भने चीनले जापानलाई हराउन सकेन । केन्जो सिराई र रोहि काटोको मद्दतले उचिमुराको सामुहिक प्रयासले जापानले जिम्न्यास्टिकमा स्वर्णपदक हासिल गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?