पर्वत र बलेवा समाजद्वारा आयोजित समर बार्बिक्युको तयारी पूरा

|

टोकियो । पर्बत समाज जापान र बलेवा सेवा समाज जापानको सयुक्त आयोजनामा हुने समर बार्बिक्यु तथा बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक सस्थाले जनाएको छ ।

यहि आइतबार योयोगी पार्कमा बसेको सयुक्त बैठकले कार्यक्रम सभ्य र अनुसाशित बनाउने निर्णय समेत गरेको छ । २००९ साल देखि निरन्तर बार्बिक्यु आयोजना गर्दै आएको पर्बत समाजले यस पटक देखि छिमेकी जिल्ला बाग्लुंगको बलेवा सेवा समाजसंग मिलेर कार्यक्रमको आयोजना गर्न लागेको हो ।

अगष्ट १४ तारिख आइतबार टोकियोको हिकारिगाओका पार्कमा हुने कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधि लगायत जापानमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने आयोजकले जानकारी गराएका छन् साथै जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थिति भइ कार्यक्रमको शोभा बढाइदिन समेत अनुरोध गरेका छन् ।

13977965_10153640103345964_231269230_o