दुई दिवसीय नेपाल फेष्टिवल सम्पन्न, २ लाखले अवलोकन गरेको आयोजकको भनाई (फोटो फिचरसहित)

 टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल जापान कुटनैतिक सम्बन्धको ६० औं वर्ष गाँठको उपलक्ष्यमा शनिवार र आईतवार गरी २ दिवसीय नवौ नेपाल फेष्टिवल टोकियोको योयोगी पार्कमा भव्य रुपमा सम्पन्न भएको छ ।
nepal-festival-japan (12)

नेपाल फेष्टिवल मुल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापाका अनुसार फेष्टिवल भ्रमण गर्नेहरुको संख्यामा अघिला वर्ष भन्दा यस पटक उल्लेख्य उपस्थिति रहेको बताए ।nepal-festival-japan (16)

दुई दिनमा दुई लाख भन्दा वढीले फेष्टिवल अवलोकन गरेको र फेष्टिवल अवधिभर पाँच करोड बराबरको आर्थिक कारोवार भएको आयोजकले बताएको छ । फेष्टिवल अवलोकन यसपटक जापानी भन्दा नेपालीहरुको उपस्थिति बाक्लो रहेको थियो ।nepal-festival-japan (10)

फेष्टिवल अवधिमा स्वास्थ्य सचेतना तथा मानसिक स्वास्थ्य परामर्श शिविर पनि सञ्चालन गरिएको थियो । हजारौंको संख्यामा नेपाली लगायत जापानीहरु भेला भएर नेपाली संस्कृति, खानाका परिकार तथा नेपाली पहिचान झल्कने भेषभुषा तथा सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिएका थिए ।

फेष्टिवलमा व्यावसायिक ३० स्टलहरु र २० खानाका स्टलहरु राखिएको थियो भने विहान देखि साँझ समापनसम्म सांगीतिक माहोल प्रमुख आकर्षण रहेको थियो ।

नेपालका तर्फबाट कार्यवाहक राजदूत र जापानका तर्फबाट परराष्ट्र मन्त्रालयका एक अधिकारी सहित पूर्व राजदूतहरुको विशेष उपस्थितिमा फेष्टिवल उदघाटन गरिएको थियो ।nepal-festival-japan (18) nepal-festival-japan (17) nepal-festival-japan (15) nepal-festival-japan (14) nepal-festival-japan (13) nepal-festival-japan (11) nepal-festival-japan (9) nepal-festival-japan (8) nepal-festival-japan (7) nepal-festival-japan (6) nepal-festival-japan (5) nepal-festival-japan (4) nepal-festival-japan (3) nepal-festival-japan (2) nepal-festival-japan (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?