एमाले अध्यक्ष ओली र जापानका राजदूत ओगावाबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच सोमबार भेटवार्ता भएको छ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा उनीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन ।

भेटवार्तामा जापानका राजदूत ओगावाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याएको बताउँदै कार्यकाल सफल भएकामा धन्यवाद दिएका छन ।

करिब आधा घन्टा उनीरुबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी गराएका छन  ।

आइतबार एमाले अध्यक्ष ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?