हिरोसिमा मेमोरियल पार्कमा पोकेमोन गो खेल प्रतिबन्ध (भिडियो सहित)

जापान । हिरोसिमा नगर सरकारले शनिवार पोकेमोन गो खेललाई हिरोसिमा पिस मेमोरियल पार्कमा खेल्न बन्देज गरिएको जानकारी गराएको छ ।
pokemon-go

हिरोसिमा सरकारले शनिवार पार्कमा त्यस्तो खेल खेल्न रोक्न अनुरोध गरेको थियो । पार्कमा हिरोसिमा नागासाकी घटनाको सम्झनामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस घटनाको बारेमा पोकेमोन गो का प्रतिनिधि निआन्टीकको मेल हिरोसिमा नगर सरकारले प्राप्त गरेको थियो । पोकेमोनका प्रतिनिधिले पार्कमा आगामी दिनमा त्यो खेल खेल्न नमिल्ने बनाईएको बताएका छन् । साथै पोकेमोन गो खेल्नका लागि आवश्यक पर्ने ३३ एक्सेस पोईन्टहरु तथा पोकेमोन स्टप बन्द गरिदिएको पोकेमोन अधिकारीले बताएका छन् ।

https://youtu.be/5YtgZuOP-Qg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?