फिल्म क्षेत्रमा क्रान्ति ल्याउने जापानी निर्देशक अकिरा कुरोसावा

सिनेमा जगतको इतिहासमा जापानी फिल्म डायरेक्टर अकिरा कुरोसावा (Akira Kurosawa) आजसम्मका सर्वश्रेष्ठ फिल्म डायरेक्टर्समा पर्दछन् ।

 विश्वका प्रख्यात डायरेक्टरहरुले पनि कुरोसावाको प्रशंसा गर्ने गर्छन् । अकिराको चलचित्रहरु केवल व्यापारिक दृष्टिकोणले मात्र उत्कृष्ट छैनन् बरु क्रिटिक र कलाको स्तरमा पनि उत्कृष्ट रहेको छ ।

विश्वभरी चलचित्र सम्बन्धी पढाईने विश्वविद्यालयहरुमा अकिरा कुरोसावाको फिल्म डायरेक्शन कलाको बारेमा पढाई समेत हुने गरेको छ ।

विश्वविद्यालयका विधार्थीहरुलाई अकिरा कुरोसावाको फिल्महरु देखाउने गरिन्छ भने उनको बारेमा निवन्ध लेखाईने समेत गरिन्छ।

आखिरमा अकिरा कुरोसावाको फिल्महरुमा त्यस्तो के छ जसका कारण उनी फिल्म जगतमा अमर भए  ।

अकिराको जीवन र उत्कृष्ट फिल्महरु 

सन् १९१० मा जापानमा जन्मिएका ८ भाई बहिनीहरु मध्य सबैभन्दा कान्छा अकिराका पिता एक समुराई खानदानका वंशज थिए । अकिराने आफ्नो क्यारिएरको सुरुवात एक पेन्टरको रुपमा गरेका थिए । तर पछि उनी फिल्म निर्माणको क्षेत्रमा आए ।

धेरै वर्ष कैयौं फिल्महरुमा काम गरेको अनुभव लिईसकेपछी अकीराले १९४३ मा सनसिरो सुगाता भन्ने फिल्म बाट आफ्नो निर्देशनको क्यारिएर सुरुवात गरे।Akira-kurosawa-best-films

आफ्नो ५७ वर्षको लामो फिल्म जीवनमा अकिराले करिव ३० वटा फिल्महरुको निर्माण गरिसकेका छन् । अकिराका सबैभन्दा प्रसिद्द चलचित्रहरुमा  Seven Samurai, Rashomon, To live, Yojimbo, Throne of Blood, Kagemusha, Ran, The Hidden fortress, High and low  आदि पर्दछन् ।

जापानी फिल्म निर्देशक अकिरा क्यामरा मुभमेन्ट र कम्पोजीशनका जादुगर थिए । यसका साथै हरेक सिनको एक एक फ्रेममा आफ्नो पात्रलाई नयाँ नयाँ तरिकाले चित्रण गर्नमा अकिरा माहिर थिए ।

 अकिरा आफ्नो जीवनका सुरुवाती दिनहरुमा पेन्टर थिए जसको प्राभाव उनले फिल्म क्षेत्रमा रंगिन र उत्कृष्ट कम्पोजिशन दिने गर्ने गर्छन्  । फिल्ममा ठूला ठूला पंखाको मद्दतले हावा, तुफान र धुलो उडाउने एफेक्टको सुरुवात अकिराले नै सुरुवात गरेका थिए ।Akira-kurosawa-best-scenes-films

अकिराको धेरै जसो फिल्महरुमा पानी परेको सिन हुनेगर्छ । अकिराले यी सबै चिजहरुको प्रयोग दर्शकहरुलाई विशेष आनन्द दिलाउन प्रयोग गर्ने गर्छन् ।

अकिराले जापानी फिल्महरुमा प्रयोग गर्ने विशेष उपाय र कलाहरु अन्य देशका महान फिल्म निर्देशकहरुले पनि प्रयोग गर्ने गरेका छन् । त्यसै कारण पनि अकिरा विश्वभरी नै चर्चित हुन पुगे ।

दुनियाँका सारा प्रसिद्द फिल्म जगतका अवार्डहरु  Golden Lion,  Bafta , Oscar आदि करीब ७६ भन्दा बढी अवार्डहरुले अकिरा सम्मानित भएका थिए ।

अकिरा प्रख्यात बहुआयामिक फिल्मकार थिए जसले आफ्नो फिल्मको कथा आफै लेख्ने आफैले काँटछाट गर्ने, निर्माण र निर्देशन पनि आफैले गर्ने गर्थे  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?