जापानी सम्राट अाकिहितोले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने

image

टोकियो । जापानी सम्राट अाकिहितोले आगामी सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको उहाँको कार्यालयले शुक्रबार बताएको छ ।

विभिन्न सञ्चारमाध्यममा जापानी सम्राट अकिहितोले बुढ्यौली र रोगका कारण गद्दी हस्तान्तरण गर्ने भनी आएका समाचार एवम् अड्कल बाजीबीच गरिने सम्बोधनले विश्वको ध्यान केन्द्रित गरेको छ ।

सम्राट अाकिहितोको सम्बोधन भिडियोमार्फत सोमबार स्थानीय समयअनुसार दिउँसो ३ बजे आउने जापानी ‘इम्पेरियल हाउसहोल्ड एजेन्सी’का प्रवक्ताले बताए ।

एनएचके टेलिभिजनलगायत जापानी सञ्चारमाध्यमले अाकिहितोको सम्बोधनमा आफ्नो गद्दी हस्तान्तरणबारे इच्छा प्रकट गर्नुहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?