टोकियोको उएनो पार्कमा रियो ओलम्पिक खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिने

टोकियो ।टोकियोमा सर्वसाधारणका रियो द जेनेरियोमा आयोजना भैरहेको ओलम्पिक खेलकुदको प्रत्यक्ष प्रसारण देखाईएको छ ।tokiyo-olympic

टोकियोको युनो पार्कमा महानगरीय स्थानीय सरकारले सन् २०२० मा टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा सर्वसाधारणलाई रुची बढोस भन्नका लागि त्यस्तो व्यवस्था गरेको बताएको छ ।

चार सय इन्चको स्क्रिनमा ओलम्पिक खेलको प्रत्यक्ष प्रसारण त्यहाँ हेर्न सकिने र ३०० जनाका लागि बस्ने सिट पनि उपलब्ध गराईएको छ।

टोकियो सरकारले युनो पार्कमा जनताहरु भेला भएर रियो ओलम्पिक खेलकुद हेरेर एक आपसमा खुसि साटासाट गर्न सक्ने र खुसियाली मनाउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?